प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना।
मिति: २०७९ साउन ४ गते
संस्थापक तथा सदस्यज्यूहरू
इन्टरनेशनल स्काउट भोलेन्टन्टयर ग्रुप नेपाल
विषय: प्रथम वार्षिक साधारण सभा सम्बन्धी सूचना।
महोदय,
उपरोक्त विषयमा मिति २०७९ साउन ३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस कम्पनीको प्रथम वार्षिक साधारण सभा देहायको मिति, समय र शानमा संचालन हुने कार्यक्रम रहेको हुँदा तपाईँको अनिवार्य सहभागिताको लागि निर्णयानुसार अनुरोध छ।
देहाय:
मिति : २०७९ भदौ १८ गते शनिवार, तदनुसार September 03, 2022
समय : दिउँसो को ४:०० बजे
स्थान : महेन्द्र प्रहरी क्लब, भृकुटीमण्डप, काठमाडौँ
प्रथम वार्षिक साधारण सभाको विषय (एजेण्डा) हरू निम्नानुसार रहेको ब्यहोरा अनुरोध छ:
(क) संचालक समितिले गरेका निर्णयहरू तथा कामकारबाहीहरू अनुमोदन गर्ने।
(ख) आ. व. २०७८/७९ को लेखा परीक्षणको प्रतिवेदन, वासलात, नाफा, नोक्सानी हिसाब खाता तथा नगद प्रवाह विवरण पारित गर्ने।
(ग) आ. व. २०७९/८० को लागि कार्य संचालन खर्च तथा योजना पारित गर्ने।
(घ) आ. व. २०७९/८० को लागि लेखा परीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने।
(ङ) संचालक समिति गठन गर्ने।
(च) विविध।
_____________
अजित खड्का (अध्यक्ष)
