दोश्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना।
मिति: २०८० भदौ १५ गते, शुक्रबार
संस्थापक तथा सदस्यज्यूहरू
इन्टरनेशनल स्काउट भोलेन्टन्टयर ग्रुप नेपाल
विषय: दोश्रो वार्षिक साधारण सभा सम्बन्धी सूचना।
महोदय,
उपरोक्त विषयमा मिति २०८० भदौ २ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको दोश्रो वार्षिक साधारण सभा देहायको स्थान, मिति र समयमा सम्पन्न हुने कार्यक्रम रहेको हुँदा तपाईँको अनिवार्य सहभागिताको लागि निर्णयानुसार अनुरोध छ।
देहाय:
स्थान : महेन्द्र प्रहरी क्लब, भृकुटीमण्डप, काठमाडौँ
मिति : २०८० असोज ६ गते शनिवार, तदनुसार September 23, 2023
समय : दिउँसो को १:०० बजे
दोश्रो वार्षिक साधारण सभाको विषय (एजेण्डा) हरू निम्नानुसार रहेको ब्यहोरा अनुरोध छ:
- संचालक समितिले गरेका निर्णयहरू तथा कामकारबाहीहरू अनुमोदन गर्ने।
- आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गर्ने।
- आ. व. २०७९/८०को लेखा परीक्षणको प्रतिवेदन, वासलात, नाफा, नोक्सानी हिसाब खाता तथा नगद प्रवाह विवरण पारित गर्ने।
- आ. व. २०८०/८१ को लागि कार्य संचालन खर्च तथा योजना पारित गर्ने।
- आ. व. २०८०/८१ को लागि लेखा परीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने।
- विविध।
_______________
अजित खड्का (अध्यक्ष)
